सिरियाली रक्षा मन्त्रालयको हतियार डिपोमा विस्फोट
barnanmedia.com · Mon Sep 21 03:32:03 GMT 2026

काठमाडौं । उत्तरी सिरियाको अलेप्पो प्रान्तको अल-ऐस शहरमा सोमबार बिहान विस्फोट भएको छ । सिरियाली सरकारी टेलिभिजन अल-इखबारिया लगायत सञ्चार माध्यमहरूले उक्त शहरमा सोमबार बिहान धेरै विस्फोटहरू भएको बताएका छन् ।
बीबीसीले स्थानीय स्रोतहरूलाई उद्धृत गर्दै सिरियाली रक्षा मन्त्रालयको हतियार डिपोमा विस्फोट भएको रिपोर्ट गरेको छ । घटनापछि उक्त क्षेत्रको अवस्थाबारेमा आवश्यक जानकारी संकलन गर्ने काम भइरहेको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)