प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
annapurnapost.com · Mon Sep 21 03:40:06 GMT 2026

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको संसद् सचिवालयले जनाएको छ।
आजको बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ। त्यसैगरी, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले 'बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३' लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)