बङ्गलादेशमा ग्यास सिलिन्डर विस्फोट हुँदा ७ जनाको मृत्यु, १३ घाइते
nepalviews.com · Mon Sep 21 03:50:34 GMT 2026

एजेन्सी । बंगलादेशको राजधानी ढाकाको बाहिरी क्षेत्रमा पर्ने आशुलियामा ग्यास सिलिन्डर विस्फोटपछि भएको भीषण आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आइतबार राति एक कारखाना परिसरमा पार्किङ गरिएका केही कभर भ्यानमा आगलागी भएको थियो ।
आशुलिया प्रहरी कार्यालयका प्रमुख मोहम्मद तारिकुल इस्लामका अनुसार कभर भ्यानबाट ग्यास सिलिन्डर झार्ने क्रममा स्थानीय समयअनुसार साँझ करिब ७ बजे विस्फोट भएको हो । विस्फोटपछि लागेको आगलागीमा कभर भ्यानभित्रबाट पाँच जनाको शव निकालिएको थियो भने एक जनाको नजिकैको पसलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)