मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेन्जी पुस्तालाई अपमानित महसुस हुने व्यवहार नगर्न नगर प्रमुख हमालको आग्रह

rajdhanidaily.com · Sun Sep 14 23:40:20 GMT 2025

धनगढी । जेन्जी पुस्तालाई अपमानित महसुस गराउने हिसाब कुनै पनि व्यवहार नगर्न धनगढी नगर प्रमुख मेयर गोपाल हमालले आग्रह गरेका छन् । भदौ २३ र २४ गते भएको जेन्जी पुस्ताको आन्दोलनको विषयमा नकारात्मक टिप्पणी गरेर जेन्जी युवाहरूलाई तनाव दिने काम नगर्न नगर प्रमुख हमालले अनुरोध गरेका हुन् ।

हमालले भनेका छन्, ’असल मनसायबाट जेन्जी युवाहरूले आन्दोलन गरेको तर युवाको आन्दोलनमा घुसपेट भएको सबैलाई अवगत नै छ । जसमा अहिले भिडियो र फोटोहरू सामाजिक सञ्जालमा आइरहेका छन् । त्यही भएर जेन्जी पुस्तालाई निरुत्साहित गर्ने कार्य नगर्न हुन अनुरोध गर्दछु ।’

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)