संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दै
emountaintv.com · Mon Sep 21 03:50:18 GMT 2026

काठमाडौँ ।
संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनु हुने, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित राष्ट्रिय सेवा दल विधेयक, २०८३ माथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ । त्यस्तै सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुने, कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि छलफल गरियोस्’ भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)