‘ग्रे जोन’ रिपोर्टबारे टिप्पणी गरेको आरोपमा भरत दाहाल पक्राउ, महेश बस्नेतद्वारा प्रश्न
barnanmedia.com · Mon Sep 21 03:47:34 GMT 2026

राजनीतिक विश्लेषक तथा त्रिमूल नेपालका अध्यक्ष भरत दाहाललाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ। मोरङ प्रहरीले काठमाडौंस्थित साइबर ब्यूरोको अनुरोध तथा काठमाडौं जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीका आधारमा दाहाललाई पक्राउ गरिएको जनाएको छ।
दाहाललाई आइतबार बिहान मोरङको सुन्दरहरैँचा–८, सलकपुरबाट नियन्त्रणमा लिइएको हो। प्रहरीले उनलाई साइबरसम्बन्धी उजुरीका आधारमा पक्राउ गरिएको जनाएको छ। यद्यपि, प्रहरीले सार्वजनिक रूपमा कुन अभिव्यक्ति वा सामग्रीलाई लिएर अनुसन्धान अघि बढाइएको हो भन्ने विस्तृत विवरण भने खुलाएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)