‘ओटिटी’ निर्मातालाई आम्दानीको नयाँ स्रोत
gorkhapatraonline.com · Wed Oct 25 21:19:41 GMT 2023
काठमाडौँ, कात्तिक८ गते । ओटिटी (ओभर द टप) प्रति कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निकै आकर्षण बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रुपमा ‘डिजिटल प्लेटफर्म’ रोजे । अन्तर्राष्ट्रियरुपमा बजार राम्रो बनाई सकेका नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायतका ओटिटी प्लेटफर्म दर्शकका प्रिय बने ।
नेपालीसमेत उल्लेखित ओटिटीका प्लेटफर्मतर्फ आकर्षित हुँदा नेपालमै रहेका आइफ्लिक्स, भिडियो पसल, सिनेमाघरजस्ता एपले भने धेरै दर्शक तान्न सकेनन् । आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाएपश्चात् बन्द नै भयो । यद्यपि पछिल्लो समय ओटिटी नेपालमा निर्माताको लागि नयाँ आम्दानीको स्रोत बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)