तीन दशकदेखि जवाफको पर्खाइमा परिवार, ५७२ जनाको अवशेष भेटिएको स्थलमा उत्खनन जारी
nagariknews.nagariknetwork.com · Mon Sep 21 03:58:29 GMT 2026

श्रीलंकाको उत्तरी जाफ्नास्थित चेम्मानी क्षेत्रमा उत्खननका क्रममा ५७२ जनाको कंकालका अवशेष भेटिएका छन्। दशकौंदेखि बेपत्ता आफन्तबारे जवाफ पर्खिरहेका परिवारका लागि यो खोजले आशा जगाएको छ।
यो श्रीलंकामा अहिलेसम्म भेटिएको सबैभन्दा ठुलो सामूहिक चिहानस्थल मानिएको छ। गत फेब्रुअरीमा दाहसंस्कार स्थल विस्तार गर्न कामदारहरूले खन्ने क्रममा मानव अवशेष भेटिएपछि अनुसन्धान सुरु भएको थियो। अगस्टसम्म उत्खननको तेस्रो चरण पूरा हुँदा बालबालिका र शिशुसहित ५७२ जनाको कंकालका अवशेष फेला परेको बीबीसी ले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)