पाँचथर कांग्रेसका ६० वटै वडामा नेतृत्व सर्वसम्मत
gorkhapatraonline.com · Mon Sep 21 04:11:36 GMT 2026

नेपाली कांग्रेस पाँचथरले जिल्लाका ६० वटै वडामा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनका क्रममा देखिएका नेतृत्वका आकांक्षालाई छलफल र सहमतिमार्फत टुङ्ग्याउँदै सबै वडामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गरिएको हो ।
जिल्लाका एक नगरपालिका र सात गाउँपालिकाका ६० वडामध्ये ४१ वडामा शनिबार र बाँकी १९ वडामा आइतबार अधिवेशन सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत उत्तम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कुनै पनि वडामा निर्वाचन गर्नुपर्ने अवस्था नआईकन अधिवेशन सम्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)