चकचके केटोका कारण उडिरहेको विमानमा हङ्गामा
baahrakhari.com · Thu Mar 10 17:30:00 GMT 2022
वासिङटन । आइतबार साँझ अमेरिकाको सियटलबाट ओर्लोन्डोतर्फ उडिरहेको अलास्का एयरलायन्सको उडानमा अचानक यात्रुहरूले चिन्ताजनक परिस्थिति अनुभव गर्नुपरेको छ । तर त्यस्तो नाटकीय घटना कुनै मास्क लगाउने विषय वा रक्सीको नशाको कारण घटेको थिएन । कलसाइन १६ बोकेको सो विमानमा सवार प्रविधिमा माहिर एकजना दस वर्षीय केटोको ख्याल ठट्टाको कारण विमान रोकिन पुगेको थियो ।
सञ्चार माध्यमहरूकाअनुसार सो विमानलाई ओर्लान्डो अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलमा पुर्याइनु केही समयअघि इन्टरकममार्फत अचानक एउटा समस्या सिर्जना भएको सन्देश प्रशारित भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)