टोकियोतर्फ बढ्दै शक्तिशाली समुद्री आँधी ‘दुजुआन’, २७५ भन्दा बढी उडान रद्द
ratopati.com · Mon Sep 21 04:17:05 GMT 2026

टोकियो । शक्तिशाली समुद्री आँधी ‘दुजुआन’ जापानको राजधानी टोकियोतर्फ अघि बढेपछि सोमबार कम्तीमा २७५ वटा हवाई उडान रद्द भएको छ। आँधीसँगै भारी वर्षा र तीव्र हावा आउने चेतावनी दिँदै जापान मौसम विज्ञान निकायले केही क्षेत्रमा कीर्तिमानी वर्षा हुनसक्ने जनाएको छ।
आँधीको हावाको गति प्रतिघण्टा १४४ किलोमिटरसम्म पुगेको छ। टोकियोनजिकै पर्ने चिबा क्षेत्रका ४ हजारभन्दा बढी घरधुरीमा विद्युत् आपूर्ति बन्द भएको छ। भारी वर्षाका कारण पहिरोको जोखिम उच्च रहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)