रुपेशको बराबरी नेपाली चेस टोली पराजित
neplays.com · Mon Sep 21 04:19:00 GMT 2026
४६ औं चेस ओलम्पियाडमा पानामाले नेपाली पुरुष टिमलाई ३.५ - ०.५ स्कोरले पराजित गरेका छन्। नेपालले सम्पन्न पाँच चरणको खेलबाट ४ अंकमा सिमित हुँदै पदक लक्ष्य कमजोर बनाएका छन्।
प्रतिस्पर्धामा पहिलो बोर्डमा २०९३ रेटेड सिएम पुरुषोत्तम सिलवालले २३४४ रेटेड आईएम रोबेर्टो कार्लोस सान्चेज अर्भारेज विरुद्ध पराजित भए। दोश्रो बोर्डमा २१५१ रेटेड एफएम रुपेश जैसवालले पानामाका २२०३ रेटेड एफएम एलेसिया तापिया ओस्तोलाजा सँग बराबर खेलेका छन्। तेस्रो बोर्डमा २०३८ रेटेड सिएम सुश्रुत दहाल २२८२ रेटेड आईएम जोर्ज लुईस बाउलेस रोड्रिगोयज सँग तथा चौथो बोर्डमा १९६७ रेटेड राजन सुवेदीले २१६२ रेटेड एफएम ईफ्रेन एन्ड्रेस रामोस एस्पिनोजा सँग हार व्यहोरे। महिला टोली जमैका सँग हारे ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)