बिचल्लीमा सदा बस्तीका तीन परिवार
gorkhapatraonline.com · Mon Sep 21 04:19:12 GMT 2026

राजविराज नगरपालिका–१६, बोरियास्थित सिङ्गो सदा बस्ती (मुसहरी टोल) यतिबेला शोकमा डुबेको छ । रसुवामा बाढी आएको तीन साता बितिसक्दा पनि यस बस्तीका तीन जना कामदारको अवस्था अझै अज्ञात रहँदा तिनै जनाको परिवारसँगै बस्ती नै शोक र चिन्तामा डुबेको हो ।
त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनामा काम गर्दै आउनुभएका ४० वर्षीय बेचन सदा, ३५ वर्षीय शिवकुमार सदा र ३२ वर्षीय सुरेन्द्र सदाको अहिलेसम्म कुनै खबर नआएपछि उहाँहरूका परिवार बिचल्लीमा परेका हुन् । तिनै जना नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनामा चार महिनादेखि कामदारका रूपमा कार्यरत रहनुभएको थियो । भदौ १० गते रसुवामा आएको बाढीपछि उहाँहरू अहिलेसम्म सम्पर्कविहीन हुनुभएको छ । आमा गुमाएको एक वर्षमै बुवाको अत्तोपत्तो छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)