बङ्गलादेशमा ग्यास सिलिन्डर विस्फोट हुँदा ७ जनाको मृत्यु, १३ घाइते
ratopati.com · Mon Sep 21 04:23:52 GMT 2026

ढाका । बंगलादेशको राजधानी ढाकाको बाहिरी क्षेत्रमा पर्ने आशुलियामा ग्यास सिलिन्डर विस्फोटपछि भएको भीषण आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
आइतबार राति एक कारखाना परिसरमा पार्किङ गरिएका केही कभर भ्यानमा आगलागी भएको थियो । आशुलिया प्रहरी कार्यालयका प्रमुख मोहम्मद तारिकुल इस्लामका अनुसार कभर भ्यानबाट ग्यास सिलिन्डर झार्ने क्रममा स्थानीय समयअनुसार साँझ करिब ७ बजे विस्फोट भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)