बजेट अभावले धनकुटाको पाख्रीबासमा अलपत्र पर्यो औद्योगिक ग्राम
ratopati.com · Mon Sep 21 04:20:50 GMT 2026

धनकुटा । धनकुटाको पाख्रीबासमा निर्माणाधीन औद्योगिक ग्राम बजेट अभावका कारण अलपत्र परेको छ। आवश्यक पूर्वाधार निर्माणका लागि पर्याप्त बजेट उपलब्ध हुन नसक्दा निर्माण कार्य अघि बढ्न नसकेको हो। करिब रु ५४ करोडको लागत अनुमानसहित काम सुरु गरिएको यो आयोजनामा हालसम्म रु एक करोड ४० लाखभन्दा बढी खर्च भइसकेको छ।
पहिलो चरणमा रु एक करोड २५ लाखमा ठेक्का लागेर निर्माण सुरु भएको थियो। आर्थिक वर्ष २०७७/७८ मा विनियोजित रु एक करोड बजेटबाट धनकुटाको निर्माण कम्पनीले कामको जिम्मा पाएको थियो। हालसम्म एउटा हलसहित चार कोठा भएको दुईतले भवन निर्माण गरिएको छ। भवन निर्माण सम्पन्न भए पनि अन्य आवश्यक संरचना बनाउन बजेट नपुगेपछि काम रोकिएको छ। भवन वरिपरि अहिले दुबो र झारपात पलाएर झाडी बनेको छ। निर्माण भएका संरचनाको संरक्षण नहुँदा समयसँगै जीर्ण हुँदै जाने जोखिम बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)