पालिका र भूमि आयोगको जुँगाको लडाइँ- २१ परिवारका बनिसकेका लालपुर्जा नै गायब !
lokaantar.com

राज्यलाई तिर्नुपर्ने सम्पूर्ण राजश्व बुझाएर रसिद हातमा लिएका मोरङको उर्लाबारी नगरपालिका–४ का २१ घरपरिवार वर्षौंदेखि लालपुर्जाको प्रतीक्षामा छन् । सरकारी प्रक्रिया पूरा गरी तयार भइसकेका २२ वटा जग्गाधनी पुर्जा अहिले न नगरपालिकामा भेटिन्छन्, न त जिल्लास्थित भूमि आयोगमा नै ।
पालिका र आयोगबीचको राजनीतिक टकरावका कारण पुर्जासमेत ‘गायब’ भएका छन् । स्थानीयवासी भने आफूहरूमाथि राज्यले नै ठगी गरेको गुनासो गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)