मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एटलेटिको मड्रिडमाथि रियल मड्रिडको जित, बार्सिलोना बराबरीमा रोकियो

pahilopost.com · Mon Dec 13 01:08:07 GMT 2021

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले एट्लेटिको मड्रिडमाथि सहज जित निकालेको छ। सान्टिआगो बर्नेबेउ स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली रियलले एट्लेटिको मड्रिडमाथि २-० गोलअन्तरले जित निकालेको हो।

भिनिसियस जुनिसको पासमा खेलको १६ औं मिनेटमै करिम बेन्जेमाले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको रियलका लागि दोस्रो गोल मार्को एसेन्सियोले गरे। उनले खेलको ५७ औं मिनेटमा भिनिसियस जुनियरकै पासमा गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)