जलअप्सरा : नामजस्तै सुन्दर चरा (तस्बिर)
ratopati.com · Mon Sep 21 04:29:18 GMT 2026

सुनसरी, ५ असोज । सिमसार क्षेत्रमा पाइने जलअप्सरा नामको आकर्षक चरा यतिबेला सुनसरीका विभिन्न क्षेत्रमा देखिन थालेको छ । लामो पुच्छर, शरीरको आकर्षक रंग र पानीमा तैरिएका पातमाथि हिँड्न सक्ने क्षमताका कारण यो चरा चराप्रेमी र फोटोग्राफरको आकर्षणमा पर्ने गरेको छ ।
जलअप्सराको टाउकोको अघिल्लो भाग सेतो, घाँटीको पछाडिको भाग चम्किलो सुनौलो तथा शरीर गाढा खैरो वा कालो हुन्छ । यसको खुट्टा र औँला शरीरको तुलनामा निकै लामा हुन्छन् । यही कारण यसले सिमसारमा तैरिएका कमल तथा अन्य पातमाथि सहजै हिँड्न सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)