एमालेको सचिवालय र केन्द्रीय कमिटी आज बैठक बस्दै
kendrabindu.com · Mon Sep 21 03:50:06 GMT 2026

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आज बिहान ११ बजेदेखि सुरु हुँदैछ । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक हुन लागेको केन्द्रीय कमिटीको बैठकमा सबै केन्द्रीय कमिटीका सदस्यलाई भनाइ राख्नका लागि समय उपलब्ध गराइने जनाइएको छ ।
केन्द्रीय कमिटीको बैठकको कार्यसूची तय गर्न केन्द्रीय सचिवालय बैठक आज विहान ९ बजे पार्टी केन्द्रीय कार्यलयमा बस्दैछ । पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार आइतबारदेखि सुरु भएको सचिवालयको बैठकको निरन्तरता आज पनि हुने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)