२० वर्षपछि विश्वकपमा भारतसँग न्यूजिल्याण्ड पराजित
neplays.com
आईसीसी विश्वकप क्रिकेटमा भारतले लगातार पाँचौं जित दर्ता गर्दै सेमिफाइलन सम्भावना बलियो बनाएको छ । दोस्रो स्थानमा रहेको भारतले शीर्ष स्थानमा रहेको न्यूजिल्याण्डलाई ४ विकेटले पराजित गर्दै शीर्ष स्थान पनि कब्जा गरेको छ । भारतले ५ खेलमा १० अंक बनाउँदा समानखेलबट न्यूजिल्याण्डको ८ अंक रहेको थियो । समान खेलबाट समान अंक रहँदा न्यूजिल्याण्ड रनरेटका आधारमा शीर्ष स्थानमा रहेको थियो ।
विश्वकपमा भारतले न्यूजिल्याण्डलाई २० वर्ष पछि पराजित गरेको हो । सन् २००३ मा भारतले न्यूजिल्याण्डलाई पराजित गरेको थियो । त्यसपछि सन् २०१९ को विश्वकपमा समूह चरणको खेल वर्षाका कारण रद्द भएको थियो भने सेमिफाइनलको भेटमा भारत पराजित हुँदै प्रतियोगिताबाट नै बाहिरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)