बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता
ratopati.com · Mon Sep 21 04:35:10 GMT 2026

चितवन । बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गीरबहादुर तामाङ (ज्ञानुजङ्ग लामा) ले बाढी तथा विपद्बाट प्रभावित नागरिकलाई राहतमा मात्र सीमित नराखी रोजगार, शिक्षा, स्वास्थ्य र आयआर्जनसँग जोडेर दीर्घकालीन व्यवस्थापन गरिने जानकारी दिएका छन् ।
सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्रभावित नागरिकको पुनःस्थापना र आत्मनिर्भर बनाउने विषयलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । उनले भने, “पालिकाको क्षमताअनुसार कम्तीमा दुई÷दुई जना प्रभावित नागरिकलाई रोजगारीमा जोड्ने गरी योजना अघि बढाइने छ । उद्योगी, व्यवसायी तथा होटल व्यवसायीसँग समन्वय गरी उनीहरूको क्षमता र आवश्यकताअनुसार प्रभावित नागरिकलाई रोजगारीमा संलग्न गराउने तयारी भइरहेको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)