१७३ स्वास्थ्य संस्थाका करिब ३८० स्वास्थ्यकर्मीलाई रोग निगरानीसम्बन्धी अभिमुखीकरण
ratopati.com · Mon Sep 21 04:38:43 GMT 2026

काभ्रे । काभ्रेमा समुदायमा आधारित रोग निगरानी प्रणालीसम्बन्धी स्वास्थ्यकर्मीस्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्लाका १३ स्थानीय तहअन्तर्गतका १७३ स्वास्थ्य संस्थाका करिब ३८० स्वास्थ्यकर्मी कार्यक्रममा सहभागी भएका जनस्वास्थ्य कार्यालयका प्रमुख रागिश्री कक्षपति श्रेष्ठको भनाइ छ ।
उनका अनुसार समुदायस्तरमा देखापर्ने सङ्क्रामक रोग तथा अनपेक्षित जनस्वास्थ्य घटनाको समयमै पहिचान, सूचना सङ्कलन तथा सम्बन्धित निकायमा सूचना प्रवाह गरी आवश्यक प्रतिकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले स्वास्थ्यकर्मीलाई रोग निगरानी प्रणालीसम्बन्धी अभिमुखीकरण दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)