धवलागिरिको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा
ratopati.com · Mon Sep 21 04:36:13 GMT 2026

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । करिब रु. आठ करोडको लागतमा धवलागिरि–३ घट्टेखोलामा विसं २०७९ देखि सुरु भएको सुविधायुक्त प्रशासकीय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको हो । हालसम्म ८८ प्रतिशत भौतिक प्रगति भएको भवन निर्माण कार्य सम्पन्न गरी जतिसक्दो छिटो कार्यालय सञ्चालनको तयारीमा जुटेको धवलागिरि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले बताए ।
हाल साविकको मुना गाविसको भवनमा तला र कोठा थप गरी सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले घट्टेखोलामा स्थानीयबाट १४ रोपनी जग्गा निःशुल्क प्राप्त भएपछि सङ्घीय सरकारसँगको साझेदारीमा प्रशासकीय भवन निर्माणको योजना अघि बढाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)