एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल स्तब्ध
nagariknews.nagariknetwork.com · Mon Sep 21 04:32:17 GMT 2026
सुरुदेखि दबाबमा परेको नेपालको पुरुष कबड्डी टोलीले जापानमा जारी २०औं एसियाली खेलकुदमा थाइल्यान्डसँगको हारसँगै यात्रा सुरु गरेको छ।
नागोया शहरस्थित तोकाइ सिटिजन जिम्न्याजियममा सोमबार भएको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग एकपक्षीय रूपमा नतिजा सुम्पियो। दुवै हाफमा पछि परेको नेपाल ५९-४८ अंकले पराजित भयो। पहिलो हाफमा नेपालले थाइल्यान्डलाई कडा चुनौती दिएको थियो। तर, पहिलो हाफ सकिँदा नेपाल २४-२८ ले पछि पर्यो। यससँगै दोस्रो हाफमा चार अंकले पछि रहँदै नेपालले सुरुआत गर्यो। दोस्रो हाफमा नेपालले पुनरागमन गर्ने आशा गरे पनि सफल भएन। दोस्रो हाफमा पनि थाइल्यान्डको आक्रामक शैलीलाई नेपाल रोक्न असफल रह्यो। दोस्रो हाफमा थाइल्यान्डले ३१ अंक जोड्दा नेपालले २४ अंक मात्र बनाउन सक्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)