भूकम्पपछि लोमन्थाङमा त्रास, एक सातामा ३० पटकभन्दा बढी परकम्प
gorkhapatraonline.com · Mon Sep 21 04:43:25 GMT 2026

उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–३ फुवा गाउँका कार्साङ गुरुङ भूकम्पले भत्काएको आफ्नै घरभित्र छिर्न डराइरहनुभएको छ । भूकम्पले घर भत्किएपछि रातको समयमा आफन्तको घर र त्रिपालमा बिताउनुभएकी कार्साङ निरन्तरको परकम्पनबाट थप त्रसित हुनुहुन्छ ।
लोमन्थाङ गाउँपालिका–१ का खेतुक गुरुङको घर पनि भूकम्पले चर्किएको छ । छिमेकीसँगै बारीको पाटोमा त्रिपाल हालेर दिनरात बिताउँदै आउनुभएका खेतुक क्षतिको विवरण सङ्कलन गर्न प्राविधिकको टोली घरदैलोमा आए पनि राहत तथा पुनःस्थापनाको पर्खाइमा हुनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)