मंगलबारदेखि मण्डला थिएटरमा ‘श्री बिज्जो भूत’ मञ्चन
ratopati.com · Mon Sep 21 04:47:34 GMT 2026

काठमाडौं । थापागाउँस्थित मण्डला थिएटरले नयाँ नाटक ‘श्री बिज्जो भूत’ मञ्चन गर्ने भएको छ । मंगलबारदेखि मञ्चन हुने नाटक मण्डला थिएटर–नेपाल र ‘सुवकाशा पिक्चर्स’को संयुक्त प्रस्तुतिमा मञ्चन हुन लागेको हो ।
असोज २५ गतेसम्म नियमित प्रदर्शन हुनेछ । दिवस नाथको लेखन रहेको यस नाटकलाई चर्चित कलाकार बुद्धि तामाङ र निर्देशक आकाश नेपालीले संयुक्त रूपमा निर्देशन गरेका हुन् । नाटकका निर्माता सोमनाथ खनाल रहेका छन् । नाटकमा को को कलाकारको अभिनय रहने अहिले गोप्य राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)