चाडबाड नजिकिँदै गर्दा भोजपुरमा बजार अनुमगन तीव्र
nepalsamaya.com · Mon Sep 21 04:46:00 GMT 2026

भोजपुर- भोजपुरका बजारमा मासु तथा माछा पसलको आकस्मिक अनुगमन गरिएको छ। उपभोक्तालाई स्वच्छ र गुणस्तरीय वस्तु उपलब्ध गराउने उद्देश्यका साथ स्थानीय प्रशासन तथा सरोकारवाला निकायको संयुक्त टोलीले बजारका विभिन्न १० मासु पसलमा अनुगमन गरेको जनाएको छ।
अनुगमनका क्रममा मापदण्डविपरीत अस्वस्थकर मासु बिक्रीका लागि राखिएको भेटिएको थियो। बजारस्थित ‘दाजुभाई माछा पसल’ मा सडेको र गन्ध आइसकेको अवस्थामा भेटिएको १७ किलो ४४५ ग्राम माछा जफत गरी तत्काल नष्ट गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)