चालक निदाउँदा स्याउ बोकेको टेलर दुर्घटना, दुई घाइते
gorkhapatraonline.com · Mon Sep 21 04:47:00 GMT 2026

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् ।
वीरगञ्जबाट स्याउ लोड गरी काठमाडौँतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ९०६८ नम्बरको टेलर चालक निदाएका कारण अनियन्त्रित भई सडकबाट करिब १० फिट तल खोलाको बगरमा पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)