कोशीमा भयावह डेंगु, झापा उच्च जोखिममा
himalpress.com · Mon Sep 21 04:48:01 GMT 2026

झापा- कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ । झापा जिल्ला डेंगुको सबैभन्दा उच्च जोखिममा देखिएको छ। कोशी प्रदेशको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत स्मृती लुईँटेलका अनुसार सन् २०२६ को सेप्टेम्बर १९ सम्मको तथ्यांकअनुसार प्रदेशमा ७९३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ। डेंगुको संक्रमण प्रदेशका १३ जिल्लामा फैलिएको छ।
उनका अनुसार झापामा मात्रै हालसम्म २२८ जनामा संक्रमण पुष्टि भइसकेको छ। दोस्रो धेरै संक्रमित भएको जिल्ला सुनसरी हो । जहाँ २०३ जनामा संक्रमण पुष्टि भइसकेको छ। निर्देशनालयका अनुसार ओखलढुंगामा १२२ जना र खोटाङमा ८२ जनामा संक्रमण देखिएको छ। संखुवासभामा १८, पाँचथरमा ४४, उदयपुरमा ३४, भोजपुरमा ३१, धनकुटामा ४, मोरङमा २०, सोलुखुम्बुमा ३, तेह्रथुममा ३ र ताप्लेजुङमा १ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)