युट्युबर मनोज मानव पक्राउ, यस्तो छ कारण
sutranews.com · Mon Sep 21 04:47:00 GMT 2026

काठमाडौं । युट्युबर मनोजकुमार महतो (मनोज मानव) पक्राउ परेका छन् । चतरा पुलस्थित एक होटलबाट उनलाई उदयपुर प्रहरीको सहयोगमा सिरहा प्रहरीले नियन्त्रणमा लिएको हो । सिरहा प्रहरीमा साइबर अपराध तथा सार्वजनिक शान्ति खलल पारेको कसुरमा उनीविरुद्ध जाहेरी परेको छ । सोही जाहेरीका आधारमा लहान नगरपालिका२४ का मानवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यसअघि पनि पटक पटक साइबर अपराध कसुरमा पक्राउ गर्दै रिहा भएका उनीविरुद्धका मुद्दाहरू अझै अदालतमा विचाराधीन छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)