प्रदेश सरकारका नीति तथा कार्यक्रम : जलवायु मुद्दा वन र वृक्षरोपणमै सीमित
annapurnapost.com · Mon Sep 21 04:40:36 GMT 2026

काठमाडौं : चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले सार्वजनिक गरेका नीति तथा कार्यक्रममा जलवायु परिवर्तनलाई सम्बोधन गर्ने प्रयास देखिए पनि मुख्यतः वन संरक्षण, वृक्षरोपण र हरियाली प्रवद्र्धनमै सीमित छन्। प्रदेशहरूले ‘हरित प्रदेश’ र ‘जलवायुमैत्री विकास’ जस्ता नारा अघि सारे पनि वास्तविक जोखिम व्यवस्थापनका लागि आवश्यक ठोस योजना कमजोर छन्।