पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी दिदी पक्राउ
ratopati.com · Mon Sep 21 04:52:10 GMT 2026

इस्लाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी दिदी अलिमा खान पक्राउ परेकी छन्। अर्को हप्ता इमरान खानको समर्थनमा हुन लागेको विरोध प्रदर्शनअघि उनकाे पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई) पार्टीले यस गिरफ्तारीको पुष्टि गरेको छ।
पीटीआईका अधिकारीहरूका अनुसार अलिमालाई आइतबार दिउँसो पूर्वी शहर लाहोरबाट नियन्त्रणमा लिइएको हो। पार्टीले यसलाई गैरकानुनी हिरासत भनेको छ भने उनका छोराले उनलाई तत्काल छाड्न माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)