बाढीमा बेपत्ता श्रमिकको पारिश्रमिक परिवारलाई
gorkhapatraonline.com · Mon Sep 21 04:52:29 GMT 2026

टीकापुरबाट रसुवास्थित जलविद्युत् आयोजनामा श्रम गर्न गएर बाढीमा बेपत्ता भएका श्रमिकको पारिश्रमिक आएको छ । टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन विकको रोहवरमा पारिश्रमिक वितरण गरिएको छ ।
आयोजनाका लागि कामदार आपूर्तिकर्ता तुलाराम चौधरीले निर्माण कम्पनीबाट कामदारले श्रम गरेको अवधिको पारिश्रमिक ल्याएर आइतबार टीकापुरमा रहेका श्रमिकका परिवारलाई वितरण गर्नुभएको छ । पारिश्रमिकबापतको पैसा लिन बोलाए पनि बाढीमा बेपत्ता भएका श्रमिकका परिवार मलिन अनुहार र आफन्तको खबर सुन्न आतुर भएर टीकापुर नगरपालिका–१, समितिपुर पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)