आँधी ‘दुजुआन’ का कारण जापानमा सयौँ उडान रद्द
gorkhapatraonline.com · Mon Sep 21 04:58:10 GMT 2026

शक्तिशाली समुद्री आँधी ‘दुजुआन’ जापानको राजधानी टोकियोतर्फ नजिकिँदै गएपछि सोमबार कम्तीमा २७५ वटा हवाई उडान रद्द गरिएको छ । जापान मौसम विज्ञान निकायले आँधीसँगै भारी वर्षा र तीव्र हावा आउने चेतावनी दिँदै केही क्षेत्रमा अभिलेख नै तोडिने गरी वर्षा हुन सक्ने जनाएको छ ।
आँधीको हावाको गति प्रतिघण्टा १४४ किलोमिटर पुगेको छ । टोकियोनजिकैको चिबा क्षेत्रमा ४ हजारभन्दा बढी घरधुरीमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । भारी वर्षाका कारण पहिरोको जोखिम रहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)