स्थानीय तहबाटै करदाता सेवा
gorkhapatraonline.com · Mon Sep 21 04:56:42 GMT 2026

कर प्रशासनको पहुँच स्थानीयस्तरमै पुर्याउने उद्देश्यले आन्तरिक राजस्व कार्यालय सुर्खेत र स्थानीय तहबिच समझदारी गरिएको छ । जिल्लाको नारायण नगरपालिका, दुल्लु नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, आठबिस नगरपालिका तथा नौमुले, भगवतीमाई, डुङ्गेश्वर, गुराँस र ठाटीकाँध गाउँपालिकालगायतका स्थानीय तहमा करदाता सेवा प्रवाहका लागि हालै समझदारी गरिएको हो ।
समझदारी अनुसार स्थानीय तहबाटै व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (प्यान), मूल्य अभिवृद्धि कर (भ्याट) दर्ताका लागि सिफारिस, अन्तःशुल्क इजाजतपत्र तथा नवीकरणमा सहजीकरण र कर चुक्ता प्रमाणपत्रका लागि आवश्यक सिफारिसलगायतका सेवा उपलब्ध गराइने सम्झौतामा उल्लेख गरिएको छ । नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले स्थानीय तहबाटै कर सेवा उपलब्ध गराउनका लागि आन्तरिक राजस्व कार्यालय सुर्खेतसँग सम्झौता गरी सेवा प्रवाह गरिसकेको बताउनुभयो । उहाँले सामान्य सेवा लिन सुर्खेत पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न उक्त सम्झौता गरी सेवा प्रवाह गरिएको स्पष्ट पार्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)