बेनी हाइड्रोको आईपीओ बाँडफाँट, कतिले पाए ?
corporatenepal.com · Mon Sep 21 04:54:40 GMT 2026

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले थप सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) बाँडफाँट गरेको छ। कम्पनीले भदौ २२ देखि २६ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आठ लाख ६३ हजार दुई हजार कित्ता आईपीओ असोज ५ गते बाँडफाँट गरेको हो । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार गोलाप्रथामार्फत ८६ हजार ३२० जना आवेदकले प्रतिव्यक्ति १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।
थप आईपीओका लागि २३ लाख ५१ हजार ५६० जनाले आवेदन दिएका थिए। तीमध्ये २३ लाख ५ हजार २३३ वटा आवेदन मात्र रीतपूर्वक भएको बिक्री प्रबन्धकले जनाएको छ । कम्पनीले गत माघ २९ गते प्रतिशेयर १०० रुपियाँ अंकित मूल्यका २० लाख ८० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो । यसअघि कम्पनीले गत वैशाख २९ गते पहिलो चरणको आईपीओ बाँडफाँट गरिसकेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)