एमालेको सचिवालय बैठक जारी
onlinekhabar.com · Mon Sep 21 04:55:25 GMT 2026

५ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ ।
सचिवालय बैठकले आजैबाट सुरु हुने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्नेछ । केन्द्रीय समिति बैठक ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बस्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)