मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

आधुनिकताको कोलाहलमा हराउँदै ‘डफला’ बाजा

ratopati.com · Fri Dec 26 20:09:31 GMT 2025

लुम्बिनी। कुनै समय तराई–मधेसका गाउँघरमा गुञ्जने ‘डफला’ बाजाको ताल सङ्गीत मात्र थिएन, यो जीवनका हरेक उकाली–ओरालीको साक्षी थियो । शुभ कार्यमा मङ्गल धुन बन्ने र मृत्यु संस्कारमा अन्तिम बिदाइको गम्भीर स्वर बन्ने यो मौलिक बाजा अहिले अस्तित्व रक्षाका लागि सङ्घर्षरत छ ।

“समयको परिवर्तनसँगै भित्रिएको डिजे र आधुनिक ब्यान्ड बाजाको चर्को स्वरले डफलाको मौलिक धुनलाई बिस्तारै मधुरो बनाउँदै लगेको छ,” लुम्बिनी सांस्कृतिक नगरपालिका–११ का दिनेश लोधले भने, “लोक–संस्कारको पर्याय मानिने डफला अहिले लोपोन्मुख अवस्थामा छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)