बेनी हाइड्रोपावरको आइपीओ बाँडफाँड
nepalsamaya.com · Mon Sep 21 05:05:43 GMT 2026

काठमाडौं- बेनी हाइड्रोपावरको सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ।
निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडका अनुसार आइपीओमा २३ लाख ५१ हजार ५६० लगानीकर्ताले आवेदन दिएका थिए। जस मध्ये २३ लाख ५ हजार २३३ जनाको आवेदन मात्र योग्य भएको थियो। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जसमा ८६ हजार ३२० लगानीकर्ताले १०-१० कित्ताको दरले शेयर पाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)