शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको साधारणसभा आह्वान, लाभांश प्रस्ताव पारित गर्ने
arthasansar.com · Mon Sep 21 05:06:14 GMT 2026

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको असोज २ गते बसेको सञ्चालन समितिको बैठकले असोज २८ गतेका लागि १८ औँ वार्षिक साधारणसभा बोलाएको हो ।
उक्त साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्ने छ । बैंकले आफ्ना सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये १० प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर वितरण गर्ने छ । उक्त सभा बुटवलको रुपन्देहीस्थित होटल सेफ्रन सि.के. प्रालि. (हायात प्लेस) मा बिहान साढे ११ बजेदेखि सुरु हुने छ । त्यस्तै सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय अवस्थाको विवरण, नाफा–नोक्सान तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)