बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र
nepalnews.com · Mon Sep 21 05:10:49 GMT 2026

धनकुटा। धनकुटाको पाख्रीबासमा निर्माणाधीन औद्योगिक ग्राम आवश्यक बजेट अभावका कारण अलपत्र परेको छ। आवश्यक पूर्वाधार निर्माणका लागि पर्याप्त बजेट उपलब्ध हुन नसक्दा औद्योगिक ग्राम निर्माणको काम अघि बढ्न नसकेको हो।
औद्योगिक ग्राम करिब ५४ करोड रुपैंयाँ लागत अनुमानसहित निर्माण सुरु गरिएको थियो। हालसम्म एक करोड ४० लाख रुपैंयाँभन्दा बढी खर्च भइसकेको छ। पहिलो चरणमा एक करोड २५ लाख रुपैंयाँमा ठेक्का लागेर निर्माण सुरु गरिएको थियो। आर्थिक वर्ष २०७७/७८ मा विनियोजित एक करोड रुपैंयाँ बजेटबाट धनकुटाको निर्माण कम्पनीले कामको जिम्मा पाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)