लिटल फ्लावरमा पुरस्कार वितरण
neplays.com
पोखरा । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानी स्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीमा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ। खेलकुद अन्तरगतका विभिन्न दुरीका दौड,रिले , भलिवल,फुटवल, बेलुन फुटाई, तातो आलु लगायतका खेलमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो ।
कार्यक्रममा प्रिन्सिपल बिकल पौडेलले विद्यार्थीहरुलाई पढाइको साथसाथै खेलकुदका माध्यमले पनि अगाडि वढाउने उदेस्यले बार्षिक कार्यक्रम अन्तरगत स्पोर्टस् संचालन गरिएको र खेलकुद हारजितको लागि भन्दापनि विद्यार्थीको सर्वाङ्गिण विकासको लागि आबश्यक पर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)