मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

फेसबुक कम्पनीको नयाँ नाम अब ‘मेटा’

ekantipur.com · Fri Oct 29 00:51:01 GMT 2021

काठमाडौँ — फेसबुकले आफ्नो प्यारेन्ट कम्पनीको नाम परिवर्तन गरेको छ । फेसबुकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) मार्क जुकरबर्गले बिहीबार अब कम्पनीको नाम ‘मेटा’ रहने घोषणा गरेका हुन् ।

सीईओ जुकरबर्गले नयाँ नामले कम्पनीको भविष्यप्रतिको दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने बताएका छन् । कम्पनीको नाम परिवर्तन भए पनि सामाजिक सञ्जालका नाम भने पुरानै रहने पनि उनले बताएका छन् । फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र ओकुलस जस्ता सामाजिक सञ्जाल पनि चलाउँदै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)