सोमबार सेयर कारोबार नहुने, यस्तो छ कारण
clickmandu.com · Mon Sep 21 05:21:50 GMT 2026

काठमाडौं । सोमबार सेयर कारोबार नहुने भएको छ । ब्रोकर कम्पनीहरूको सर्भर रहेको डाटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (असोज ५ गते) का लागि तय भएको नियमित सेयर कारोबार स्थगित गरेको हो ।
नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य (ब्रोकर) कम्पनीहरूको सर्भर राखिएको ‘डाटा हब प्रा.लि.’ मा असोज ४ गते बिहानदेखि नै प्राविधिक समस्या आएको थियो । उक्त समस्या समाधानका लागि निरन्तर पहल भइरहे पनि हालसम्म पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)