चेकजाँचका क्रममा लागुऔषध निलेपछि अस्पताल भर्ना
annapurnapost.com · Mon Sep 21 05:10:34 GMT 2026

काठमाडौं :जुम्लाबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन्। जुम्ला चन्दननाथ नगरपालिका-१० बोहोरा गाउँबाट १६ ग्राम ४६० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी निरीक्षक निर्देश बरालको कमान्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा स्थानीय २५ वर्षीय केशव देवकोटा र स्थायी वतन गुठिचौर गाउँपालिका-४ भई मामाघरमा बस्दै आएका १७ वर्षीय नवीन न्यौपानेलाई नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)