शेयर बजार सुस्ताउँदा पुँजीगत लाभकर आधाभन्दा बढी घट्यो, दुई महिनामा १ अर्ब २५ करोड मात्रै
bishowkhabar.com · Mon Sep 21 05:23:23 GMT 2026

काठमाडौं– शेयर बजारमा आएको सुस्तता र कारोबारमा देखिएको गिरावटको प्रत्यक्ष असर सरकारको पुँजीगत लाभकर असुलीमा परेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा शेयर कारोबारबाट सरकारले १ अर्ब २५ करोड ७६ लाख रुपैयाँ मात्र पुँजीगत लाभकर संकलन गरेको छ ।
सिडिएस एन्ड क्लियरिङ लिमिटेडको तथ्याङ्कअनुसार साउन र भदौमा संकलित लाभकर गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४.४२ प्रतिशत कम हो । गत आर्थिक वर्षको पहिलो दुई महिनामा सरकारले शेयर कारोबारबाट २ अर्ब ७५ करोड ७९ लाख रुपैयाँ पुँजीगत लाभकर उठाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)