मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागलुङमा थपिए ६३१ मतदाता

ratopati.com · Mon Nov 10 21:57:00 GMT 2025

बागलुङ । बागलुङमा ६३१ नयाँ मतदाता थपिएका छन् । निर्वाचन तयारीअनुसार बागलुङमा मतदाता नामावली सङ्कलन भइरहेको छ । आगामी फागुन २१ हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय बागलुङ तयारीमा जुटेको छ ।

कार्यालयले मतदाता नामावली सङ्कलन, ठाउँसरी र त्रुटि सच्चाउने कार्य कार्यालयबाट दैनिक रूपमा गरिरहेको छ । निर्वाचन आयोगको निर्देशनअनुसार असोज ९ गतेपछि अनलाइन र कार्यालय दुवै स्थानबाट ठाउँसरी र त्रुटि सच्चाउने काम भइरहेको छ भने कार्यालयबाट नयाँ मतदाता नामावली सङ्कलनको काम भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)