बस्ती पुनर्स्थापनाका लागि मुख्यमन्त्रीलाई बुझाइयो ज्ञापन
gorkhapatraonline.com · Mon Sep 21 05:29:20 GMT 2026

जमिन धसिँदा दार्चुलाको व्यास गाउँपालिका–४, मडगाउँस्थित खर्क, पन्ताली र गुम्पानी बस्ती विस्थापित भएपछि बस्ती पुनर्स्थापनाका लागि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री खगराज भट्टलाई ज्ञापन बुझाइएको छ । जमिन निरन्तर धसिँदै गएपछि मडगाउँस्थित खर्क बस्ती पूरै विस्थापित भएको गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले जानकारी दिनुभयो । २५ परिवार रहेको बस्ती विस्थापित भएपछि बस्ती पुनर्स्थापनाको माग गर्दै मुख्यमन्त्री भट्टलाई गाउँपालिका र स्थानीयको तर्फबाट ज्ञापन बुझाइएको गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “बस्तीका सबै जसो घर चर्किएपछि खर्क बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । मुख्यमन्त्री भट्टलाई बस्तीको सुरक्षा जोखिम न्यूनीकरण गर्न र जमिन तथा बस्ती संरक्षणका लागि आवश्यक सहयोग उपलब्ध गराउन ज्ञापनपत्र बुझाएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)