डिएमजेडमा माइन विस्फोट, तीन घाइते
barnanmedia.com · Mon Sep 21 05:24:45 GMT 2026

दक्षिण कोरियाको डिमिलिट्राइज्ड जोन (डिएमजेड) मा सोमबार भएको संदिग्ध माइन विस्फोटमा एक सैनिक गम्भीर घाइते भएका छन् भने दुई सैनिकसहित तीन जना घाइते भएको दक्षिण कोरियाली सञ्चारमाध्यम योन्हाप टिभीले जनाएको छ ।
दुई कोरियालाई छुट्याउने डिएमजेडमा दक्षिण कोरियाको २५औँ इन्फेन्ट्री डिभिजन संलग्न सैन्य कारबाहीका क्रममा विस्फोट भएको एक सैन्य अधिकारीले बताए । उनका अनुसार विस्फोटमा एक सैनिक गम्भीर घाइते भएका छन् । घाइते तीनै जनालाई सशस्त्र बल राजधानी अस्पतालमा उपचारका लागि लगिएको योन्हाप टिभीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)