चीन, नेपाल र भारतको सम्बन्ध: एक टिप्पणी
rajdhanidaily.com · Wed Sep 08 23:30:37 GMT 2021
विश्वका विभिन्न देशहरूको एकअर्कासँग कूटनीतिक तथा राजनीतिक सम्बन्ध रहेको हुन्छ र रहँदै आएको छ तर कुनैकुनै देश यस्ता पनि छन् जसको मानसिकता र दृष्टिकोण प्रायः सधैं पूर्वाग्राही नै रहँदै आएको देखिएको छ । जति राम्रा काम भए पनि त्यसको प्रशंसा गर्नुुको साटो आलोचना गर्ने क्रम निरन्तर नै हुँदै आएको देखिएको छ भने त्यसको ठीकविपरीत कुनैकुनै यस्ता राष्ट्रहरू पनि छन् जसले निरन्तर रूपमा अवाञ्छनीय गतिविधि सञ्चालित गर्दै आएता पनि त्यसको विरोधमा कहिले केही प्रदर्शन र नकारात्मक आवाज नउठ्ने गरेको देखिएको छ ।
यस प्रसंगमा विचार गर्दा कुनै त्यस्तो विध्वंस र अप्रिय काम कारबाही नभए पनि राष्ट्रविशेषप्रति आक्रोश र विरोधको क्रममा कुनै कमी आएको देखिएको छैन । त्यसको मूल कारण अरू केही नभई पूर्वाग्रहपूर्ण मानसिकता र दृष्टिकोण रहेको मात्र भन्न सकिन्छ । त्यसको ठीकविपरीत सधैं विकृतिजन्य क्रियाकलापको राष्ट्रव्यापी स्तरमा सञ्चालन गर्नेविरुद्ध कहिले कुनै विरोध र आक्रोश नदेखिएपछि त्यो स्पष्ट हुन आउँछ कि त्यो पूर्वाग्राही मानसिकता र दृष्टिकोणको उपज मात्र हो र त्यस क्रममा एक राष्ट्रविरुद्ध मात्र त्यसो हुने गरेबाट छर्लंग हुन आउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)